मोरङमा बिहान ७ बजेदेखि राष्ट्रिय परिचयपत्र वितरण

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १८:४८

विराटनगर । राष्ट्रिय परिचय पत्र वितरणका लागि जिल्ला प्रशासन कार्यालय मोरङ बिहान ७ बजेदेखि नै खुल्न थालेको छ । सेवाग्राहीको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले बिहान ७ बजेदेखि राष्ट्रिय परिचयपत्र नम्बर वितरण सुरु गरेको हो ।

राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेका कारण सेवाग्राहीको सहजताका लागि बिहान ७ बजेदेखि नै कार्यालय खुला गरेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार अर्को सूचना नभएसम्मका लागि बिहानैदेखि सेवा प्रवाह हुनेछ ।

बिहान ७ बजेदेखि नै सेवाग्राही कार्यालय आउन थालेपछि सेवा अवधि बढाइएको उनले बताए । ‘बिहान ७ बजे नै सेवाग्राही आउने तर कार्यालय भने १० बजे मात्रै खुल्ने हुँदा सेवाग्राहीलाई सहज भएन,’ उनले भने,‘ बिहान आउने सेवाग्राहीलाई बिहानै सेवा दिन सुरु गरिएको छ ।’

परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा फोटो खिच्न र विवरण रुजु गर्नका लागि बिहान चार जना जनशक्ति खटिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.