पौडी खेल्न गएकी समीक्षाको मृत्यु, दीक्षा गम्भीर घाइते

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १९:५२

विराटनगर । पिलुवा खोलामा पौडी खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको छ । एक जना बालिका गम्भीर घाइते भएकी छन् ।

सङ्खुवासभाको मादी नगरपालिका–९ स्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर पाँचखपन नगरपालिका–९ घरभई चैनपुर नगरपालिका–२ नुनढाकी बस्दै आएकी १३ वर्षीया समीक्षा लिम्बूको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा बुधबार बिहान साढे ९ बजे मृत्यु भएको संखुवासभा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए ।

मृतक लिम्बूसँगै पौडी खेल्न गएकी चैनपुर नगरपालिका–२ की दीक्षा राई गम्भीर घाइते भएकी छन् । राईको अस्पताल सङ्खुवासभा ल्याइ उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.