नेदरल्याण्ड्ससँगको खेलमा नेपालले पायो २२६ रनको लक्ष्य

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १९:५९

विराटनगर । आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा नेदरल्याण्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ ।

स्कटल्याण्डको डुन्डीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९.१ ओभरमा २२५ रनमा अलआउट हुँदै नेपाललाई २२६ रनको लक्ष्य दिएको हो ।

नेदरल्याण्ड्सका लागि मध्यक्रमका ब्याटर नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए । कप्तान स्कट एड्वार्ड्सले ४६ र विक्रमजित सिंहले ३८ रन बनाए । रोलफ भान डर मर्वेले २१ रन बनाए ।

सुरुवाती १६ रन जोड्दा २ विकेट गुमाएको नेदरल्याण्ड्सका लागि सिंह र एडवार्ड्स मिलेर तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि सोमपाल कामीले ९.१ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २–२ विकेट लिए । नेपालले सोमबार भएको पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.