दुर्घटनामा परी एक जनाको मृत्यु

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार ०८:१६

विराटनगर । झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

दमक नगरपालिका– ७ पशुहाटडाडा स्थित पूर्वपश्चिम राजमार्गमा गएराति मे १ ख ३०२७ नम्बरको बसले ठक्कर दिँदा प्र.१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकलमा सवार दमक– ४ निवास मिलन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि आर्य न्यूरो अस्पताल विराटनगर लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनापछि बस चालक झापाको गौरादह- ४ बस्ने सरकार टुडुलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.