बिर्तामोडमा मनाइयो गायत्री जयन्ती

Share this
626shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार १३:१२

झापा । झापाको बिर्तामोडमा गायत्री जयन्ती मनाइएको छ । गायत्री माता मन्दिर सेवा समिति बिर्तामोड–५ को आयोजनामा आज (बिहीबार) गायत्री जयन्ती मनाइएको हो ।

यस अवसरमा मन्दिर परिसरबाट निकालीको निशान यात्राले बिर्तामोड नगर परिक्रमा गरेको थियो । विभिन्न संघ संस्थाका पदाधिकारीसहित गायत्री माताका भक्तजन सहित २ सय भन्दा बढी बढुक, स्काउटतथा धार्मिक एवम् सामाजिक व्यक्तिहरुको सहभागीता थियो ।

नगरपरिक्रमा पछि र्यलाी मन्दिर परिसरमा पुगेको थियो । त्यहाँ आयोजित कार्यक्रममा मन्दिर निर्माण समितिका संस्थापक अध्यक्ष रौनक वंशल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विवेक अग्रवाल लगायतले मन्दिरमा आएका श्रद्धालुभक्तजनलाई स्वागत गरेका थिए ।

पूर्वमै पहिलो पटक २ करोड ५० लाख रुपैयाँको लागतमा मन्दिर निर्माण भएसँगै गायत्री जयन्ती पहिलो पटक मनाइएको हो । गायत्री जयन्तीमा जिल्ला ट्राफिक प्रहरी कार्यँलय झापाका प्रमुख गणेश पौडेल, बिर्तामोड नगरपालिका वडा ५ का वडाध्यक्ष रोहित प्रसाई, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समतिका अध्यक्ष मेघराज वास्तोला, अग्रसेन भवन सेवा समितिका अध्यक्ष सुरेश कुमार भद्रपुरे लगायतको सहभागिता थियो ।

बिर्तामोडका युवा व्यवसायी वंशलको अगुवाइमा बिर्तामोड–५ स्थित अग्रसेन भवनको समिपमा माता गायत्रीको दिब्य मन्दिर निर्माण भएको छ । २०८० जेठ १७ गतेबाट मन्दिर निर्माण प्रारम्भ भएर २०८१ साल माघ २१ गते विधिपूर्वक माताको प्राण प्रतिष्ठा गर्दै मन्दिर सञ्चालनमा आएको थियो ।

गायत्री माता मन्दिर सेवा समितिले गायत्री जयन्तीमा विशेष प्रकारको कार्यक्रम आयोजना गर्दै साँझ सन्ध्या आरती गर्ने कार्यक्रम रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.