
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आएकी छन् । विराटनगरमा शुक्रबारबाट सुरु हुने उपप्रमुखहरुको राष्ट्रिय सम्मेलनमा सहभागि हुनका लागि उनी विराटनगर आएकी हुन् ।
उपप्रमुखहरुको सम्मेलन बाहेक पूर्वराष्ट्रपति भण्डारीको कोशी प्रदेशमा अन्य कार्यक्रममा पनि सहभागि हुनेछिन् ।
एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले झापाको विर्तामोडमा आयोजना गरेको प्रदेश स्तरिय विज्ञान तथा प्रविधि प्रर्दशनी कार्यक्रममा सहभागी हुनेछिन् । त्यस बाहेक अनौपचारिक भेटघाटको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
























