फोकस नेपालको मानव अधिकार सम्बन्धी सचेतना

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार २०:००

विराटनगर । सामुदायिक ऐक्युबद्धता मञ्च (फोकस नेपाल)ले विराटनगर महानगरपालिका अन्तर्गतका महिला समितिलाई लक्षित गरेर मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।

विराटनगर महानगरपालिकासँगको सहकार्यमा फोकस नेपालले बुधबार र बिहीबार विराटनगरमा कार्यक्रम गरेको हो । पहिलो दिन विराटनगर–१ देखि १० नम्बर वडासम्मका महिला समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

दोस्रो दिन बिहीबार विराटनगर–११ देखि १९ नम्बर वडासम्मका महिला समितिका सदस्यहरुको सहभागिता रहेको थियो । प्रत्येक वडाबाट ५–५ जनाका दरले महिला समितिका सदस्यहरु कार्यक्रममा सहभागी भएको फोकस नेपालका अध्यक्ष सोमराज थापाले बताए ।

थापाका अनुसार सिप विकास, मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनबारे प्रशिक्षण दिइएको छ । कार्यक्रमलाई अध्यक्ष थापा, अधिवक्ता कविता बस्नेत र मनोपरामर्शकर्ता गीताञ्जली शर्माले सहजीकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.