अध्यक्षमाथि प्रतिशोध साँधेको निष्कर्ष, क्लिनचिट लिएर आउने दाबी

Share this
642shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार २०:४२

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले वर्तमान सरकारले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि प्रतिशोध साधेको बताएको छ । बिहीबार अध्यक्ष नेपालमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । लगतै पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकले अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको निष्कर्ष निकालेको हो ।

उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार आफ्नो पार्टी र नेताविरुद्ध यसअघि पनि प्रहार हुँदै आएको र तिनै व्यक्तिहरूले अहिले नियतबश मुद्दा चलाइको आरोप लगाए।

‘पार्टी र हाम्रा नेताविरुद्ध पहिल्यैदेखि नै प्रहार हुँदै आएको थियो । त्यसको हामीले प्रतिकार पनि गर्दै आयौं,’उनले भने,‘ राजनीतिक पूर्वाग्रह र प्रतिशोध साँधेर नियतवश गरिएको छ। यसको प्रतिवाद र विरोध गर्छौं ।’

उपाध्यक्ष ज्वालाले आफूहरू मुद्दाबाट नाभाग्ने बरु क्लिनचिट लिएर आउने बताए ।

उनले कानुन व्यवसायीहरूसँग पनि छलफल गरिएको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ण विवरण सार्वजनिक गरेपछि अदालती प्रक्रियामा जाने सुझाव आएको उपाध्यक्ष ज्वालाले बताए । यो मुद्दा अन्य काण्डहरूका लागि पनि नजिर बन्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.