सुनवर्षीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु 

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार २१:४३

विराटनगर । हुलाकी सडक खण्डअन्तर्गत मोरङको सुनवर्षी नगरपालिका –९ झपडतलमा अहिले केही बेरअघि दुर्घटना हुँदा जनाको मृत्यु भएको छ ।

बाटोमा रोकेर राखेको को १ त ११०५ नम्बरको ट्याक्टरमा मे ७ प १०२९ नम्बरको मोटरसाइकल ठोक्किएर ८ः३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झपडतलबाट डाइनियाँतर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भएर ट्याक्टरमा ठोक्किँदा भारतीय नागरिक अन्दाजी २० वर्षीय नवीनकुमार पोदारको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार भारत अररियाका १९ वर्षीय पप्पुकुमार बहरदार घाइते भएका छन् ।

उनको रंगेली अस्पतालमै उपचार भइरहेको छ । दुर्घटना लगत्तै प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.