आज पनि संसद् बैठकको कार्यसूची, विपक्षीले गृहमन्त्रीको राजीनामा माग्ने

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २३, शुक्रबार ०६:५५

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने गरी निर्धारण भएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर विपक्षी दलहरुले भने आज पनि बैठक अवरुद्ध गर्ने तयारी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राष्ट्रियसभाको बैठक‍मा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.