उपप्रमुखको राष्ट्रिय सम्मेलन आजदेखि

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २३, शुक्रबार ०८:०३

विराटनगर । आजदेखि उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन विराटनगरमा हुँदैछ । विराटनगर महानगरपालिकाको आयोजनामा आज र भोलि सम्मेलन हुनेछ ।

सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेस प्रदेशका ७३, वागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी २९१ जना उपप्रमुख र उपाध्यक्षहरुको सहभागिता हुनेछन् ।

सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । सम्मेलन वीरेन्द्र सभागृहमा हुनेछ ।

सम्मेलनमा न्याय प्रणालीमा विवाद निरुपण गर्न न्यायिक समितिका संयोजक एवं पदाधिकारीहरुमा चाहिने ज्ञान, सीप तथा कार्य दक्षता सम्बन्धी काशीराज दाहाल, वित्तीय संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका तथा प्रयास सम्बन्धी डा‍‍. गोपी खनाल र स्थानीय सरकार सञ्चालन र विकास प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षहरुको भूमिका सम्बन्धी रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलन विराटनगर घोषणा पत्र जारी गर्दै समापन हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.