सुनसरीमा लडेर घाइते भएका पुरुषको मृत्यु

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २३, शुक्रबार १०:४८

विराटनगर । सुनसरीमा खेतमा काम गर्ने क्रममा लडेर घाइते भएका १ जना पुरुषको मृत्यु भएको छ ।

देवानगन्ज गाउँपालिका–७ का ५६ वर्षीय विष्णुप्रसाद साहको बिहीबार साँझ विराट शिक्षण अस्पतालमा मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार खेतमा काम गर्ने क्रममा जेठ १९ गते अचानक लडेर साह घाइते भएका थिए ।

घरमै प्राथमिक उपचार गराइरहेका साहको स्वास्थ्य अवस्था जटिल बनेपछि पत्नी ललितादेवी साहले उपचारका लागि विराट शिक्षण अस्पताल लगेकी थिइन् । शवलाई विराटनगरको कोशी अस्पतालमा राखेर घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी खतिवडाले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.