अमेरिकामा ‘टीपीएस’ सुविधा खारेज, ठूलो संख्यामा नेपाली प्रभावित हुने

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २३, शुक्रबार ११:५१

विराटनगर । अमेरिकाले नेपाली नागरिकहरुको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गरेको छ । अब त्यहाँ ‘टीपीएस स्टाटस’ मा रहेका नेपालीहरु स्वदेश फर्कनु पर्ने भएको छ ।

‘डिफार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ ले नेपालको वर्तमान अवस्थाबारे समीक्षा गरी टिपीएस खारेज गर्ने निर्णय गरेको हो ।

नेपालमा २०१५ मा गएको शक्तिशाली भूकम्पपछि अमेरिकी सरकारले त्यहाँ रहेका अवैध नेपालीलाई टिपीएस सुविधा दिएको थियो ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालको अहिलेको अवस्थाबारे समीक्षा र अन्य सरकारी निकायबीच परामर्शपछि टीपीएस खारेज गर्ने निर्णय भएको यूएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसको बेवसाइटमा उल्लेख छ ।

सूचनामा अब नेपालको टीपीएस कानुनी रुपमा अब पुष्टि नहुने उसको ठहर छ । नेपालका लागि टीपीएसको मान्यता ५ अगस्ट २०२५ को राति ११ः५९ बजे अन्त्य हुने जनाइएको छ । यसको अर्थ टीपीएस मान्यतामा अन्त हुनु अघिनै त्यहाँ रहेका नेपालीहरु स्वेदेश फर्किनु पर्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आफ्नो पहिलो कार्यकालमा समेत नेपालीलाई दिंदै आएको टीपीएस खारेज गर्ने प्रक्रिया अघि बढेको थियो । त्यसबेला १२ महिनाभित्र नेपाल फर्किन समय सीमा तोकिएको थियो ।

अमेरिकी सरकारले कुनैपनि देशमा गहिरो संकट अनुमान गरेमा उसले त्यो देशका अवैधानिक अर्थात कुनै कागजात नभएका नागरिकहरुलाई टीपीएस सुविधा प्रदान गर्ने गर्छ । अर्थात सशस्त्र द्वन्द्व, प्राकृतिक प्रकोप तथा अन्य असाधारण असुरक्षित परिस्थितीहरुमा त्यो सुविधा दिने गरिन्छ।

नेपालीहरुलाई प्राकृतिक प्रकोप अर्थात नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पलाई कारण देखाउँदै अमेरिकी सरकारले त्यसबेला विना कागजात बसेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो ।

त्यसबेला करिब १५ हजार हजार नेपाली नागरिकहरुले टीपीएस सुविधा लिएको जनाइएको थियो । पछिल्लो १० वर्षमा ७ हजारभन्दा बढीले ग्रिनकार्ड बनाइसकेको र करिब ८ हजार जना भने अझैपनि टीपीएस अन्तर्गतनै अस्थायी बसोबासमा रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.