‘जनताको मन जित्नेगरी काम भयो, भएन ? सरकारका कामको समीक्षा गर्नुपर्छ’

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २३, शुक्रबार १३:५२

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका कामको समीक्षा हुनुपर्ने धारणा राखेका छन् । विराटनगर विमानस्थलमा आज (शुक्रबार) सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने नेता थापाको भनाइ छ । ‘दुई प्रमुख दल मिलेर बनेको सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्छ,’ उनले भने, ‘सरकार गठन भएयता त्यही विश्वासले काम गरिरहेका छौं । अब सकारका कामको समीक्षा पनि गर्नुपर्छ ।’

थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे टिप्पणी नगर्ने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने उनको भनाइ छ ।

उनले भने, पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्ने बताए । महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुंगो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण एवं छिनोफानो गर्नुपर्ने पनि बताए ।

उनले गृहमन्त्री रमेश लेखकको विषयमा राजीनामा माग गर्ने कुरा नरहेको उनले बताए । भिजिट भिसा प्रकरणको अनुसन्धान अख्तियारबाट सुरु भएको बताउँदै उनले अनुसन्धानको प्रकृया अघि बढाएको अख्तियारलाई अनुसन्धान गर्न दिनुपर्ने बताए ।

उनले भने,‘ अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न दिऔं, अनुसन्धान टुंगिएपछि यो प्रकरणको सन्दर्भमा थुप्रै काम गर्नुपर्ने छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.