गठबन्धनको कारण महिला नेतृत्वमा कमी : पूर्वराष्ट्रपति भण्डारी

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २३, शुक्रबार १५:००

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको कारण महिला नेतृत्वमा कमी देखिएको बताएकी छन् ।

विराटनगरमा आज (शुक्रबार) सुरु स्थानीय तह उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

राजनीतिक दलहरुले लोकतान्त्रिक मूल्य र समावेशिताको संरक्षण गर्न महिला नेतृत्वमा ध्यान दिन आश्यक रहेको उनले बताइन् ।

जनप्रतिनिधिहरुले विकास निर्माण, आर्थिक समृद्धितर्फ गहिरो चासो दिनुपर्ने आवश्यकता रहेको बताउँदै उनले संघीय, प्रदेश तथा स्थानीय तहका सबै निकायहरुबीच समन्वय गरी जनताको आवश्यकतालाई सम्बोधन गर्ने खालको कार्यक्रम तथा नीतिहरुमा प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रमपछि पार्टी अध्यक्ष कहिले बन्ने भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भनिन्, ‘समय आउला नि।’ उनले आफू सक्रिय राजनीतिमा रहेको समेत बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.