ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा १७ घर पसल जले

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २३, शुक्रबार १७:५१
प्रतीकात्मक तस्बिर

काठमाडौं । बाजुरा जिल्लाको बूढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आज (शुक्रबार) दिउँसो आगलागी भएको छ । नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी भएको हो ।

ग्यास सिलिन्डर पड्किएपछि सुरु भएको आगलागीले १७ वटा पसल पूर्ण रूपमा जलेर नष्ट गरिसकेको छ ।

प्रहरीका अनुसार क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ । घटनापछि आगलागी नियन्त्रणमा लिन प्रयास भइरहेको छ। आगो निभाउने कार्य जारी छ ।

प्रहरी निरीक्षक देवबहादुर चौधरीको कमाण्डमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको ३२ जनाको टोली घटनास्थलमा परिचालित भएको छ ।

स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरूको सक्रियतामा आगलागी नियन्त्रणमा लिन प्रयास तीव्र पारिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.