
झापा । आफ्नै घरभित्रको बाथरुममा चिप्लिएर लडेपछि घाइते भएका झापाको कमल गाउँपालिका–२ तोपगाछीका १ जना वृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ९३ वर्षीय नन्दप्रसाद पौडेलको मृत्यु भएको हो । गत जेठ १० गते घरको बाथरुमबाट निस्किने क्रममा चिप्लिएर लडेपछि उनी गम्भीर घाइते भएका थिए ।
पौडेललाई उपचारका लागि बिर्तामोडको बिर्तासीटी अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि मोरङको विराट शिक्षण अस्पताल पठाइयो ।
उपचारका क्रममा शुक्रबार अपरान्ह १२ः१८ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























