
विराटनगर । हात्तीका लागि लगाइएको करेन्ट लाग्दा झापामा ८ जना घाइते भएका छन् । कनकाई नगरपालिका–२ मा हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा ८ जना घाइते भएका हुन् ।
स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न गएका ४४ वर्षीय तुलाराम कार्की, २२ वर्षीया लक्ष्मी चौहान, ३५ वर्षीय गोपाल बस्नेत, ५८ वर्षीया डम्बरकुमारी बस्नेत, ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की र १८ वर्षीय सलिन कार्की घाइते भएका हुन् ।
घाइतेहरूको बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए ।

























