म झाेले हुँ !

Share this
696shares
मुलुकी खबर
प्रशान्त निराैला
clock२०८२ जेठ २४, शनिबार १३:५६

म झाेले हुँ !

मेराे झाेलामा
बेला बेलामा घाँटी रसाउन
राखेकाे जलभण्डार
बालभविष्य नक्साङ्कन गर्न
एउटा मार्कर छ
मेराे अनुपस्थितिकाे शून्यता मेटाउन
कालाे कलम छ
बाल सुलभताले गरेका गल्ती सच्याउन
राताे कलम छ
सेता पाटीमा नअटाएकाे भाव
पाेख्न र जाेख्न एउटा डस्टर छ
प्रविधिकाे दुनियाँ सजाउन
सक्छाै भनेर आँट दिने हतियार छ ।
मेराे झाेला मेराे सारथी हाे
मेराे झाेला मेराे विश्वास हाे
मेराे झाेला मेराे जीवन हाे
मेराे सपनाकाे अनन्त सङ्ग्रह हाे
तिम्राे झाेला जस्ताे मेराे झाेला हुँदै हाेइन
मेराे झाेलामा
आस्थाका नाममा बदनाम छैन
विचारका नाममा तथानाम छैन
विकासका नाममा भूतबङ्गला छैन
त्यसैले मलाई गर्व छ
म झाेले हुँ
म सादा कागजमा लिपि काेर्छु
संस्कृति खाेज्छु
इतिहास लेख्छु
एकता सजाउँछु
पसिनाले लिप्छु
इन्द्रेणीले पाेत्छु
त्यसैले म झाेले हुँ
चेतना अविजित यात्री
ज्ञानकाे मुमुक्षु
सिद्धान्तकाे ठेलीबाट
टाढा बसेर
व्यवहारका दर्शन खाेज्ने
एक मात्र म झाेले हुँ ।

-विराटनगर

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.