कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनी सुरु

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २४, शनिबार १५:२५

झापा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको उद्घाटन गरेकी छन् । आज (शनिबार) आयोजित कार्यक्रममा उनले मोबाइल फोनको एप ‘टच’ गरेर दीप प्रज्वलन गरेर प्रदर्शनी उद्घाटन गरेकी हुन्।

नेकपा (एमाले) कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको प्रदर्शनी जेठ २६ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

विभागका प्रमुख गणेश पोखरेलले प्रदर्शनीमा १ लाख विद्यार्थी सहभागी हुने अनुमान गरिएको बताए

प्रदर्शनीमा कक्षा–१२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् भने ५ सय विद्यार्थीले प्रतिस्पर्धात्मक सहभागिता जनाउने आयोजकले जनाएको छ ।

विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको यस प्रदर्शनीमा प्रथम हुने विद्यार्थीले ४ लाख रुपैयाँ, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले २ लाख र चौथो हुनेले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

यसका साथै, अन्य २५ वटा विद्यालयलाई २५ हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने पोखरेलले जनाएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.