बकर इद पर्वले मेलमिलाप, एकता र सहकार्य प्रवर्द्धनमा मद्दत पुर्‍याउँछ : प्रदेश प्रमुख खापुङ

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २४, शनिबार १६:२३

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङले इस्लाम धर्मावलम्बीहरूले मनाउने पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माण गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

मुस्लिम समुदायको इद–उल–अज्हा (बकर इद), २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।

यस्ता चाडपर्वहरूबाट विभिन्न जातजाति र समुदायको मौलिक संस्कृति तथा परम्पराको संरक्षण र संवर्द्धन हुने उनको भनाई छ ।

प्रदेश प्रमुख खापुङले नेपाल जस्तो बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक समाजमा आपसी सद्भाव, सहिष्णुता र मेलमिलापको भावना अभिवृद्धि गर्न पर्वहरू महत्वपूर्ण कडी हुने भन्दै सबै नेपालीबीच ऐक्यबद्धता र भाइचारा बढ्ने विश्वास समेत व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.