केर्खामा सवारी दुर्घटना हुँदा प्रहरी नायव निरीक्षकको मृत्यु

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २५, आइतबार ०७:०९

विराटनगर । झापाको कमल गाउँपालिका– ३ पूर्वपश्चिम लोकमार्ग खण्डमा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका प्रहरी नायव निरीक्षकको मृत्यु भएको छ ।

पूर्वतर्फ जाँदै गरेको प्र.१– ०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका– ४ का पुरनलाल राजवंशीको मृत्यु भएको हो ।

४८ वर्षीय राजवंशी सशस्त्र प्रहरी बलको प्रहरी नायव निरीक्षक हुन् । उनी इलामकाे बिओपी समालबुङ पोष्टमा कार्यरत थिए ।

दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड पठाएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हाे ।

तीव्र गतिमा सवारी कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक निस्कर्ष छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.