
विराटनगर । विपद उद्धार तालिमका सहभागी हुने क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवान सुरज साउदको शव फेला परेको छ ।
उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक फेला परेको प्रहरीले जनाएको छ ।
उनीसँगै सप्तकोसीमा अभ्यास गर्ने क्रममा डुबेका अर्का जवान झापाका हरदेव राजवंशीको शव गत शुक्रबार फेला परेको थियो।

























