‘म ७४ पुगें, ७० मा रिटायर हुन ४ वर्ष उमेर घटाउनु ?’

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २५, आइतबार १६:४६

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर हद ‘फेल खाएको’ बताएका छन् । काठमाडौंमा आज (आइतबार) अनेरास्ववियुको २४ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले उमेर होइन कार्यक्षमता हेर्नुपर्ने बताए । चीनका राष्ट्रपति सी जिनपिङको उदाहरण दिँदै उनले एमालेमा पनि उमेर हद फेल खाएको तर्क गरे ।

कार्यक्रममा उनले भने, ‘७० वर्ष उमेर हद फेल खाइसक्यो । म अहिले ७४ मा चल्दैछु । ७० वर्ष उमेर फेल खाएन ? अब ७० मा रिटायर हुन ४ वर्ष उमेर घटाउन भएन । उमेर होइन स्वास्थ्यले साथ दिन्छ कि दिँदैन, कार्यक्षमता हुन्छ हुँदैन । यी कुराहरू मुख्य कुरा हुन् ।’

एमालेको नवौँ महाधिवेशनले अध्यक्ष पदका लागि ७० वर्षे उमेर हद लगाएको थियो । ओलीले १० औँ महाधिवेशनपछि विधानमा भएको उमेर हद व्यवस्थालाई निलम्बन गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.