अमेरिकाले काठमाडाैंमा छाड्याे ३७ नेपाली

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २५, आइतबार २१:३०
फाइल फाेटाे

काठमाडौं । अमेरिकाले देश निकाला गरेका ३७ जना नेपाली काठमाडौं आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याएर छाडेको हो ।

विमानले ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली फर्किएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्याौपानेले बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीमाथि कठोर कदम चाल्दै आएको छ ।  सोही क्रममा भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएका भन्दै ३७ नेपालीलाई फिर्ता पठाएको हो ।

ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.