झापामा दुर्घटना, ४ जना गम्भीर घाइते

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २६, सोमबार ११:०३

विराटनगर । झापामा आइतबार राति दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । भारतीय नम्बर प्लेटको कारले सीटी सफारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–७ पालिया पुलमा दुर्घटना भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार धुलाबारीबाट काँकडभिट्टातर्फ जाँदै गरेको डब्लुबी ७४ एएक्स ७८२८ नम्बरको कारले विपरीत दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ह ८०९१ नम्बरको सीटी सफारीलाई ११ः१५ बजेतिर ठक्कर दिएको हो ।

दुर्घटनामा कार चालक मेचीनगर–६ का २८ वर्षीय राजु राजवंशी, सफारी चालक मेचीनगर–७ का ३५ वर्षीय वीरेन्द्र सरदार, सफारीमा सवार मेचीनगर–७ का ३१ वर्षीय सुशील राजवंशी र ३० वर्षीय विगेन राजवंशी घाइते भएको डीएसपी खड्काले बताए । उनका अनुसार गम्भीर अवस्थाका सबै जनाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

कारको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.