पौडी खेल्दा बगेका ३ बालबालिकाको मृत्यु

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २७, मंगलबार १२:५०

काठमाडौं । पौडी खेल्दा बगेका ३ जना बालबालिकाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८, मन्मैमा पौडी खेल्ने क्रममा गत शुक्रबार दिउँसो उनीहरु बेपत्ता भएका थिए ।

उनीहरु सबै मृत अवस्थामा फेला परेका हुन् । बेपत्तामध्ये १२ वर्षीया आशा कुसारीको शव घटनास्थलदेखि ४ किलोमिटर दक्षिण नलगाड नगरपालिका–७, चापाखोला नजिक फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला पहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माका अनुसार नलगाड नगरपालिका–८, मन्मै बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीका १० वर्षीय छोरा महेशको शव यसअघि फेला परेको थियो ।

सुरेन्द्रकै छोरी १२ वर्षीया आशा भने बेपत्ता थिइन् । उनको पनि सोमबार शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरू तीनै जना गत शुक्रवार दिउँसो स्कुलबाट घर आएर नुहाउन भन्दै भेरी नदी पुगेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.