उदयपुरको कटारी बसपार्कबाट हराएको बस भेटियो

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २७, मंगलबार १६:१९

विराटनगर । उदयपुरको कटारीबाट चोरी भएको बस सिरहामा भेटिएको छ । प्रहरीका अनुसार सोमबार बिहानको राति कटारी नगरपालिका–३ मा रहेको बसपार्कबाट बस चोरी भएको थियो ।

प्रहरीका अनुसार मधेश प्रदेश ०२–००१ ख ०२५२ नम्बरको बस चोरी भएको भन्दै चालक विजय चौधरीले प्रहरीमा खबर गरेका थिए ।

बसको खोजीका लागि विभिन्न युनिटबाट प्रहरी परिचालन गरिएको थियो । घटना शंकास्पदजस्तो देखिएकाले विभिन्न कोणबाट अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंका अनुसार सिराहाको गोलबजारमा उक्त बस सोमबार राति भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.