
विराटनगर । उदयपुरमा मालपाेत कार्यालयको गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
मंगलबार उदयपुरको उदयपुरगढी गाउँपालिका– ७ नागवेली स्थित मदन भण्डारी राजमार्गमा उदयपुरगढीबाट जिल्ला मालपोत कार्यालय बोक्से तर्फ आउँदै गरेको सोही कार्यालयको स १ झ ४८५ नंवरको सुमो अनियन्त्रित भई दुर्घटना भएको हाे ।
दुर्घटनामा चालक उदयपुरको त्रियुगा नगरपालिका – ७ का ४८ वर्षीय जीतबहादुर कार्की, मालपोत कार्यालयका खरिदार ४० वर्षीय तेजनारायण साह, उदयपुरको उदयपुरगढी– ५ की ४२ वर्षीया सरिता भण्डारी घाइते भएका हुन् ।
उनीहरुको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
मालपोत कार्यालय प्रमुख ढुगेन्द्र बरालसहित ८ जना कर्मचारी र २ जना स्थानीय चढेको गाडी जग्गाको मुल्याङ्कन छुट्याउनको लागि उदयपुरगढी पुगेर फर्कने क्रममा सडकमा रोकिएको थियो । १० जना सवार रहेको गाडीबाट ६ शौच गर्न निस्किएका बेला गाडी आफैँ पल्टिएको थियो ।

























