
विराटनगर । सोलुखुम्बुमा अटो भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ ।
मंगलबार सोलुदूधकुण्ड नगरपालिका– ८ बाघखोर स्थित सिद्धिचरण लोकमार्गमा सल्लेरीबाट पतालेतर्फ जाँदै गरेको प्रदेश ०१–०२–००४ ह ९८५७ नम्बरक अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो ।
दुर्घटनामा अटोमा सवार ओखलढुङ्गाको मोलुङ गाउँपालिका– ८ का २८ वर्षीय लाक्पा शेर्पाको मृत्यु भएको हाे ।
थुलुङदुधकोशी गाउँपालिका– ६ का ३८ वर्षीय राजेश विक, सोही स्थानका ४० वर्षीय काजी विक र मोलुङ– ८ का ३५ वर्षीय मिङमार शेर्पा घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल सोलुमा उपचार भइरहेको छ ।

























