हात्तीलाई थापेको विद्युतीय धरापमा परेर झापामा १ जनाको मृत्यु

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २८, बुधबार १२:२७

विराटनगर । जंगली हात्तीबाट अन्नबाली जोगाउनलाई थापिएको विद्युतीय धरापमा परेर झापामा १ जनाको मृत्यु भएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार कचनकवल गाउँपालिका–७ बैगुनबारीका ६५ वर्षीय किर्खनाथ खनालको बुधबार बिहान ८ः३० बजेतिर मृत्यु भएको हो । हात्तीले बालीमा क्षति नगरोस् भनेर खनाल आफैंले बारीमा तारबार गरेर करेन्ट प्रवाह गरेको पाइएको उनले बताए ।

खनाललाई बाख्रा चलाउने क्रममा करेन्ट लागेको थियो । तारबारमा प्रवाह गरेको करेन्ट लागेर खनालको घटनास्थलमै मृत्यु भएको झापा प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट इन्स्पेक्टर विजय चौहानको नेतृत्वमा टोली परिचालन गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.