सञ्चारमाध्यमप्रति राज्य अनुदार भयो : डाक्टर कोइराला

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २८, बुधबार १९:३४

काठमाडौं । राज्यसत्ता सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार रहेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले टिप्पणी गरेका छन् ।

अदालतले दुई अनलाइनमा प्रकाशित समाचार हटाउनका लागि दिएको आदेश र पत्रकारविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा उनले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य नहुने बताए ।

सरकार कुशासनको दुश्चक्रमा फसेको उनको आरोप थियो ।

कोइरालाले सामाजिक सञ्जाल मार्फत सरकारलाई भनेका छन्,‘सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरू केही हुनै सक्दैन ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.