विराट वाङ्मय उत्सव २०८२ हुने

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २८, बुधबार २०:२४

विराटनगर । साहित्य, कला र संवादको साझा उत्सवका रूपमा विराट वाङ्मय उत्सव २०८२ आगामी जेठ २९ र ३० गते विराटनगरस्थित आरोहण गुरुकुलमा हुने भएको छ ।

यो उत्सवले पूर्वी नेपालका विविध जिल्ला, जातीय समुदाय, भाषिक पृष्ठभूमि र साहित्यिक धारका सिर्जनाकर्मीहरूलाई एउटै मञ्चमा उभ्याउने उद्देश्य रहेकाे आयोजना संस्था आरोहण गुरुकुलले जनाएकाे छ ।

पूर्वी क्षेत्रका साहित्यिक सिर्जनाकर्मीहरूबीच संवाद, आदानप्रदान र सहकार्यको वातावरण बनाउने, युवा र अनुभवी साहित्यकारहरूबीच पुस्तान्तरणको सेतु निर्माण गर्ने, कविता, गजल, कथा र समालोचनाजस्ता विधाहरूको सांगीतिक प्रस्तुति, साहित्यमा लैङ्गिक, जातीय, भाषिक समावेशितालाई प्रोत्साहन गर्ने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमा अन्तरक्रिया सत्रमा साहित्य, भाषा, संस्कृति र सामाजिक विषयमा केन्द्रित बहस र प्रस्तुति हुनेछ । कविता र गजल वाचन तथा चित्रकला प्रदर्शनी पनि हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.