एक साताभित्र देशभर मनसुन सक्रिय हुने

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २९, बिहीबार १३:४५

काठमाडौं । एक साताभित्र देशभर मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागलेले अबको एक सातामा देशभरि मनसुनको सक्रियता बढ्ने जनाएको हो ।

यस वर्ष औसत मितिभन्दा १५ दिन अघि नेपालमा मनसुन प्रवेश गरेको उल्लेख गर्दै विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो ।

विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बिहीबारबाट देशव्यापी रूपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएको जानकारी दिइन् ।

केही दिन सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना देखिएको उनले बताइन् । उनले हालसम्म मनसुनी वायु पूर्वी क्षेत्रमा मात्रै रहेको र एक साताभित्र देशभर फैलने जानकारी दिइन् ।

कँडेलले यस वर्ष देशभर वर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसतभन्दा बढी मापन हुने सम्भावना देखिएको उल्लेख गरिन् । उनले जल तथा मौसम प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि सर्वसाधारणहरूले समेत मौसमको जानकारी लिनुपर्ने बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.