सुनसरीमा सर्पले डसेर महिलाको मृत्यु

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २९, बिहीबार १४:०८

विराटनगर । विषालु सर्पले टोकेर सुनसरीमा १ जना महिलाको मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका–१० दाजुभाइ चोककी ३४ वर्षीया ज्ञानिता आचार्य नेपालको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार नेपाललाई बुधबार दिउँसो १२ः३० बजेतिर सर्पले टोकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घर सरसफाइ गर्ने क्रममा बायाँ खुट्टामा सर्पले डसेर घाइते भएकी उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारकै क्रममा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिलालाई कुन सर्पले टोकेको थियो भनेर यकिन भइसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.