
विराटनगर । विराटनगरमा ‘विराट व्याङमय उत्सव’ २०८२ को सुरभारम्भ भएको छ । २ दिनसम्म सञ्चालन हुने उत्सव आज (बिहीबार) सुरु भएको हो ।
उत्सावको उद्घाटन विराटनगर महानगरपालिकाकी उप्रमुख शिल्पा निराला कार्कीले गरेकी हुन् । आरोहण गुरुकुलको आयोजना र विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा सञ्चालन भएको कार्यक्रम विराटनगरस्थित आरोहण गुरुकुलमा शुक्रबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
यो उत्सवले पूर्वी नेपालका विभिन्न जिल्ला, जातीय समुदाय, भाषिक पृष्ठभूमि र साहित्यिक सिर्जनाकर्मीहरुलाई एउटै मञ्चमा उभ्याउने उदेश्य रहेको आरोहण गुरुकुलले जनाएको छ ।
कार्यक्रमको पहिलो दिन मेरो स्वरः मेरो हाम्रो आवाज कार्यक्रमको मार्फत कविता वाचान, हाम्रो भाषाः हाम्रो पहिचानमा छलपल र संवाद कार्यक्रम, चित्रकाल प्रदर्शनी, संस्मरणमा तथ्य र काल्पनिकी, साहित्यको सामाजिकता लगायतको कार्यक्रम भएको थियो ।
दोस्रो दिन विद्यालय सिकाइ र सिर्जना, नवयुग नवआवाज, अनुवादका अड्चन लगायतका विषयमा अन्तरक्रिया हुने आयोकले जनाएको छ।























