सांकेतिक तस्बिरविराटनगर । पौडी खेल्न जाँदा तमोर नदीमा बेपत्ता भएका किशोर मृत अवस्थामा भेटिएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ भालुखोप घर भएर फिदिम बजारमा बस्ने १६ वर्षीय शिशिर राई मृत फेला परेका हुन् ।
उनी तमोर तेह्रथुमको छथर गाउँपालिकामा पर्ने तमोर नदीको किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी जेठ २४ गते पाँचथर र तेह्रथुमको सीमावर्ती तमोर नदीबाट पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
सोही दिनदेखि खोजी कार्यमा जुटेका सुरक्षाकर्मी र स्थानीयले उनको खोजी गरिरहेकोमा बुधबार साँझ उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिए ।























