इजलासमै न्यायाधीशलाई कालो मसी छ्याप्ने तीन जना पक्राउ

Share this
596shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २९, बिहीबार १७:०७
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

काठमाडौ‌ं । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारुलाई कालो मसी छ्यापेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।

नेकपा बहुमतका तीन जना कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन ।

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश थारुलाई बिहीबार चेम्बरमा बसिरहेको अवस्थामा कालो मसी छ्यापेका थिए । हत्या आरोपी कांग्रेस नेता अफताब आलमलाई सफाई दिएको भन्दै उनीहरुले मसी छ्यापेका हुन् ।

जेठ १४ गते न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आलमलाई सफाइ दिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.