अवरोधपछि संसद बैठक स्थगित

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २९, बिहीबार १८:५६

काठमाडौं । प्रतिनिधिसभा बैठकमा स्थगित भएको छ । विपक्षी दलहरूले आज (बिहीबार) को बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।

अब अर्को बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्ने जानकारी सभामुख घिमिरेले गराएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेको छ ।

उक्त प्रकरणमा छानबिन वा अध्ययन गर्ने भन्ने विषयमा सत्तारुढ दलहरूले लिखित प्रतिबद्धता जाहेर गर्ने बताएका छन् ।

यद्यपि रास्वपाले निर्णय लिनका लागि थप समय माग गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार भोलिदेखि नियमित रुपमा संसद् चल्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.