
काठामाडौं । भारतमा भएको एयर इण्डियाको विमान दुर्घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले घटनाबाट नेपाल स्तब्ध र दुखी भएको जनाएको हो ।
‘अहमदाबादमा भएको एयर विमान दुर्घटनाबाट नेपाल सरकार गहिरो स्तब्ध र दुःखी भएको छ, परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘नेपाल सरकारले यस दुर्भाग्यपूर्ण घटनामा आफ्ना प्रियजन गुमाउने भारत सरकार र मित्रवत जनता र शोकसन्तप्त परिवारहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’
परराष्ट्र मन्त्रालयले दुःखको समयमा नेपाल सरकार र जनता भारत सरकार र जनतासँग ऐक्यबद्धता व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। दिउँसो अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा ठूलो मानवीय क्षति समेत भएको छ ।
एयर इन्डियाको बोइङ९७८७ विमान उडान भरेको केही समयमै दुर्घटनाग्रस्त बनेको थियो । विमान अहमदाबादबाट लन्डनको गेटविकका लागि ‘टेकअफ’ गरेको थियो।
विमानमा १० जना चालक दलका सदस्यसहित २ सय ४२ यात्रु सवार रहेको जनाइएको छ । जसमा १ सय ६९ जना भारतीय नागरिक सवार थिए भने ५३ ब्रिटिश नागरिक रहेका थिए। त्यस्तै, ७ जना पोर्चुगिज र १ जना क्यानेडियन नागरिक रहेको एयर इन्डियाले जनाएको छ ।
विमान उडेको १ः४० मिनेटमै दुर्घटनामा परेको थियो। विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजयी रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विमान घरमाथि खसेको बताइएको छ। उक्त घरमा ६० जना हाराहारि डाक्टरहरु रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

























