दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार ०६:०३

काठमाडौं । गत चैत १५ मा तीनकुने भएको राजावादीको प्रर्दशनको घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालतले बिहीबार अबेर राति आदेश दिएको छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले मध्यरातमा यस्तो आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार प्रसाई सहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षमा जेल चलान गर्ने आदेश भएको हो । त्यो भन्दा बाँकी सबैलाई १० हजारदेखि १ लाखसम्म धरौटीमा रिहा भएका श्रेस्तेदार भट्टराईले बताए ।

अन्य ३२ जनालाई भने जमानतमा रिहा गरिएको छ। प्रसाईँलाई पुर्पक्षका लागि थुनामा राखिए पनि क्यान्सर पीडित भएकाले उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिने पनि अदालतले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.