सांकेतिक तस्बिरविराटनगर । पर्साको वीरगन्ज महानगरपालिकामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२२ स्थित ड्राईपोर्ट सडकखण्ड अन्तर्गत सिताराम चौकमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार आज (शुक्रबार) बिहान करिब ५ बजे बिग्रिएर रोकिराखिएको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकको सिरसिया डाईपोर्टतर्फ गइरहेको बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
गम्भीर घाइते भएका तीनजना युवकहरूमध्ये उपचारका क्रममा बिहानै उनीहरुको मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा पर्सा छिपहरमाई गाउँपालिका–३ झलमैया टोल निवासी रामाकान्त यादव र सोही ठाउँका विजय यादव छन् । दुर्घटानामा २२ वर्षीय विजयकुमार यादव गम्भीर घाइते भएका छन् ।
ट्रक चालक फरार रहेकोले उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

























