रास्वपा र राप्रपाले गरे सदन अवरोध

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार १७:२४

विराटनगर । भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् ।

३ दलबीच २ बुँदे सहमति भएर सदन चलेपछि रास्वपा र राप्रपाले असन्तुष्टि जनाउँदै सदन अवरुद्ध गरेका हुन् ।

रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउनुपर्ने माग राखिरहेको छ ।

बैठक सुरु भएर सभामुखले विपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरूले उठेर अवरोध गरिरहेका थिए ।

अहिले गृहमन्त्री रमेश लेखकलाई सभामुखले बोल्ने समय दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.