
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र चीनीया राजदूत चेन सोंगबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत र मुख्यमन्त्रीबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा दुईपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।
भेटवार्तामा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले अहिले गरिरहेको कामका विषयमा जानकारी दिएका थिए । कृषि, पर्यटन, सूचना प्रविधिको क्षेत्रमा सहयोगका लागि राजदूत सोंगलाई उनले आग्रह गरेका थिए ।
सो अवसरमा चीनका राजदूत चेन सोंगले कोशी प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोड्न सके बजार विस्तार हुने बताए । राजदूत सोंगले किमाथांका क्षेत्रमा आफ्नोतिर सबै निर्माण काम भएको तर नेपालतर्फ काम हुन नसकेको विषयमा पनि चासो राखेका थिए । राजदूत सोग केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा छन् ।
























