
काठमाडौं । भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले प्रतिपक्षी दल रास्वपा र राप्रपाको अवरोधका बावजुत संसदमा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरे ।
लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको बताउँदै उनले संवैधानिक निकायको काममा सहयोग गर्ने बताए ।
‘उक्त कार्यमा(भिजिट भिसा प्रकरण) मेरो कुनै संलग्नता छैन । हुन सक्दैन,’ उनले भने,‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगले आक्रमण भएको छ । यसको म खेद व्यक्त गर्दछु ।’
गृहमन्त्री लेखकले बोल्दैगर्दा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गरे । प्रतिपक्षी दलको नाराबाजीकाबीच बैठक सञ्चालन गरेका सभामुख देवराज घिमिरेले असार १ गतेसम्मका लागि स्थगित गरेका छन् ।
























