बेइमानीको बात म के जानूँ

Share this
754shares
मुलुकी खबर
लीलाराज दाहाल
clock२०८२ जेठ ३१, शनिबार १४:०५

बेइमानीको बात म के जानूँ

चोरी ठगीको भात म के जानूँ

विश्वासै विश्वासमा हुर्कें, बढेँ

अविश्वासको लात म के जानूँ

कस्तो तातो हो! कस्तो नशालु

प्रशंसाको मात म के जानूँ

सहयोगी देखिए पहिले निकै

कोखामा छन् दाँत म के जानूँ

फुकाले तिनले इज्जत सबै नै

नग्नताको खात म के जानूँ

मलाई यसरी बिगार्नु बिगारे

यो मान्छेको जात म के जानूँ

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.