
मेरो अनुहार
र-देश
______
म-
देश-लाई माया गर्छु
-र
मेरो देश-भन्छु
देश-मलाई माया गर्दैन
-र
मेरो नागरिक भन्दैन।
मेरो देश-मलाई
उसको-
संविधानमा
नेपाली भएको
अवैधानिक ठान्छ-
र- म
नेपाली हुनुको
__न_
अघि जोडेर-
नेपाल देश देखाउँछ-
यति बेला म-
तिरङ्गना-को अग्लो छाँया-मुनि
नियोजित रुपमा-
हराइ पठाइएको
मेरो-
अनुहार खोजिरहेको छु।
-अझै पनि
मेरो राष्ट्रिय गीत बज्दा
निर्धक्कसँग
मैले-
छातीमा-हात राखेर उभिँहाल्ने दिन-आइसकेको छैन।



















