कोशीका २ सहित ५ वटा सडक अवरुद्ध

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १, आइतबार ११:४५
फाइल तस्बिर

काठमाडौं । २ दिनयताको निरन्तर वर्षासँगै विभिन्न स्थानका ५ वटा सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका अनुसार ललितपुरमा पहिरोका कारण आश्राङदेखि गिम्दी जाने सडक खण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ ।

यसैगरी धनकुटामा रवि–राँके–भेडेटार सडक, खोटाङमा दिक्तेल–गाइघाट सडक खण्ड र मकवानपुरमा कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध बनेको छ ।

यस्तै निरन्तर वर्षापछि बाढी र पहिरोका कारण सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पनि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.