संसद बैठक सुरु हनासाथ विपक्षीको अवरोध

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १, आइतबार १२:५८

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठक झण्ड २ घण्टा ढिलागरी बैठक सुरु भएको हो ।

२० दिनदेखि जारी संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आज (आइतबार) प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए ।

विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आ–आफ्ना अडान कायमै राखेकाले सहमति हुन सकेको छैन ।

संसद बैठक सुरु हुनासाथ विपक्षी २ पार्टीका सांसदहरुले भिजिट भिसा प्रकरणको छानबिन गर्न भन्दै माग गरेका थिए । उनीहरुले बैठक अवरुद्ध गर्ने भएका छन् । छानबिन समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडानमा राप्रपा र रास्वपा देखिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.