‘कोशीको बजेटले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको छ’

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १, आइतबार १९:५६

विराटनगर । कोशी प्रदेशले सार्वजनिक गरेको बजेटले निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको कोशी प्रदेश उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताएका छन् । बजेटले निजी क्षेत्रका  अधिकांश मागलाई सम्बोधन गरेको बताएका हुन् ।

कोशी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा १.७ प्रतिशतले बढी हो ।

‘प्रदर्शनी स्थल हामीले माग गर्दै आएको विषय हो, क्षेत्रीय विमानस्थल पनि बजेटका परेको छ,’ उनले भने,‘ पर्यटन वर्ष २०८२ लाई पनि सम्बोधन गरेको छ ।’

नेपालको कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै उनले भने,‘ निजी क्षेत्रलाई सम्बोधन गर्न खोजको देखिन्छ, कसरी अघि बढ्छ हेर्न बाँकी छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.